MENU

प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्य समिति भेला सम्पन्न

Overseas Nepali United Forum QLD

ब्रिसबेन । प्रवासी नेपाली एकता मञ्च  अस्ट्रेलियाले क्विन्सल्याण्ड राज्यमा राज्य समिति भेला सम्पन्न गरेको छ । भेलाले रोजेस घिमिरेको नेतृत्वमा २७ सदस्सीय आयोजक समिति समेत गठन गरेको छ ।

आयोजक कमिटीमा सह-संयोजक कृष्ण पौडेल, सचिवमा आविष्कार पाण्डे, त्यस्तै सदस्यहरुमा विष्णु खनाल, शिवहरि तिमिल्सिना प्रदिप राई, विवेक ढुंगाना, प्रकाश पौडेल, ईशा भटट्चन, विवेक ढकाल, बाबुराम चालिसे, सन्तोष ढकाल, विजय पोख्रेल, आशिष पौडेल, स्वीकृति केशी, नवीन खड्का, शुसान्त पाठक, आशिष कोईराला, यसोदा शर्मा, शिक्षा बराल, सन्दीप पौडेल, जोवन कोईराला, मोहनबाबु पन्त, राशिक थापा र अमीत बोगटी चयन भएका छन ।

त्यस्तै, ७ सदस्यीय सल्लाहकार समितिमा विवेक अर्याल, कृष्ण प्रसाद पौडेल, प्रमोद दवाडी, राजिव पान्डे, प्रकाश राई र अमीत गिरी रहनुभएको छ ।

‘प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया’को केन्द्रिय कमिटीका चारजना केन्द्रिय सदस्यहरु रमेश पौडेल, प्रमोद दवाडी, कृष्ण पौडेल र विवेक अर्यालको उपस्थितिमा समिति चयन भएको थियो ।

नेपालको सामाजिक, आर्थिक तथा राजनैतिक परिस्थितिसंग प्रत्यक्ष सम्बन्ध राख्ने यस ‘प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया’ नेपाल कम्युनिष्ट पार्टी (माधव- प्रचण्ड बहुमत समुह) निकट मानिन्छ ।

तत्कालीन दुई ठुला पार्टी नेकपा एमाले र माओवादी केन्द्र बिचको एकतासंगै अष्ट्रेलिया स्थित फरक विचार राख्ने दुई संगठनहरु प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र जनप्रगतिशील मञ्च अष्ट्रेलिया बीच एकता भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

न्यूजिल्याण्डमा आफ्नै साथी पिट्ने एक जना नेपालीलाई देश छाड्न आदेश