MENU

गठबन्धनमा ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँडमा सहमति

Ruling coalition finalizes seat sharing in 6 metros and 11 sub-metros

सत्तागठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ।

सहमति अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मयेर, वीरगन्ज, भरतपुर र पोखरा महानगरको उपमेयर पाउने छ। यस्तै धरान, इटहरी, कलैया, बुटवल, ललसिपुर, नेपालगन्ज र धनगढी उपमहानगरको मेयर, जितपुर सिमरा, घोराही, जनकपुर र हेटौंडाको उपमेयर कांग्रेसको भागमा परेको छ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको मेयर, ललितपुर महानगरको उपमेयर पाएको छ। यस्तै उपमहानगरपालिकामा जितपुर सिमरा र घोराही माओवादीको भागमा परेको छ। धरान र धनगढी उपमहानगरको उपमेयर माओवादीको भागमा परेको छ।

नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मयेर दिन सहमति भएको छ। काठमाडौंको उपमेयर पनि एसले पाउने भएको छ। हेटौंडा उपमहानगरको मयेर, इटहरी, बुटवल र तुलसिपुरको उपमेयर समाजवादीको भागमा परेको छ।

जसपाले वीरगन्ज महानरपालिकाको मयेर, विराटनगरको उपमेयर पाउने सहमति भएको छ। यस्तै जनकपुर उपमहानगरको मेयर, कलैया र नेपालगन्जको उपमेयर पनि जसपाको भागमा परेको छ।

याे पनि पढ्नुहाेस् ।

एन एस डब्लु र भिक्टोरियामा कोभिड -१९ आइसोलेसन सम्बन्धी नियम परिवर्तन