MENU

साउथ अस्ट्रेलियामा ६ दिनसम्म कडा लकडाउनको घोषणा

South Australian Map
South Australia will be ordered into a major lockdown for six days

एडिलेड । साउथ अस्ट्रेलियाको उत्तरी क्षेत्रमा आइतबार र सोमबार गरी २२ कोभिड संक्रमित भेटिएपछि राज्य सकारले बुधवार मध्यरातदेखि लागु हुने गरि ६ दिनसम्म कडा लकडाउनको घोषणा गरेको छ ।

बुधबार मध्य रात देखि विद्यालय, पब, क्याफे, कफी शप, फुड कोर्ट, टेकअवे सेवा, विश्वविद्यालय, अत्यावश्यक बाहेक सबै शल्यक्रिया, बाहिर हुने सबै खेल सँग सम्बन्धित व्यवसाय, खाना र औषधि उत्पादन गर्ने कम्पनी बाहेक सबै बन्द रहनेछ ।

घर बहिर जाँद मास्क अनिर्वाय लगाउनु पर्नेछ । सार्वजनीक यातायातमा भिडभाड नगर्दिन आरोध गरिएको छा राज्यमा भएका एड्ज केयरहरूमा लकडाउन गरिने भएको छ ।

सार्वजनीक ठाउँमा शारिरिक व्ययम गर्न पाइने छैन भने निर्माणका कामहरु पनि रोकिएका छन् ।  बिवाह पार्टीमा समेत प्रतिवन्ध लगाइएको छ ।

विशेष काममा परेको अबस्थामा मात्र घरबाट एक जना बाहिर निस्कान पाउनेछन् । बिजुली, पानी र दुरसंचार, सुपर मार्केट र अस्पताल तथा मेडिकल सेन्टरहरु खुल्ला रहनेछन् ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर निकोला स्पोरियरले बुधवार दिउस पत्रकार सम्मेलनमा बोल्दै भनिन्, “भाइसर अत्यन्त तिब्र गतिमा फैलिन सक्ने र कोरोना भाइरसको सामान्य लक्षय भएकाहरुबाट पनि भाइरस फैलन सक्ने देखिन्छ ।” प्रमुख स्वास्थ्य अधिकारीले थपिन, “स्पोरियरल अस्वभाबिक रुपमा भाइरस फैलनबाट रोक्न यो ६ दिने लकडाउन जरुरी छ ।”

याे पनि पढ्नुहाेस् ।

म्याकडोनाल्डले अस्ट्रेलियामा १७ हजार भन्दा बढीलाई रोजगारी दिने