MENU

म्याकडोनाल्डले अस्ट्रेलियामा १७ हजार भन्दा बढीलाई रोजगारी दिने

McDonald’s will hire more than 17,400 people in the next six weeks
McDonald’s will hire more than 17,400 people in the next six weeks

सिड्नी । म्याकडोनाल्डले आगामी ६ हप्तासम्म १७ हजार ४ सय भन्दा बढी मानिसलाई रोजगारी दिने घोषणा गरेको छ ।

अस्ट्रेलियामा युवाहरूलाई सर्वाधिक रोजगारी प्रदान गर्ने फास्ट फुड जायन्ट म्याकडोनाल्डले सन् २०२० अन्त्यअघि हजारौँको सङ्ख्यामा फुल टाइम, फार्टटाइम र अन्य खालको रोजगारी प्रदान गर्नेछ ।

म्याकडोनाल्डका मुख्य कार्यकारी अधिकृत एन्ड्रयू ग्रेगोरीले अहिलेको अवस्था सकारात्मक परिवर्तन गर्न सकेकोमा कम्पनीले गर्व महसुस गरेको बताए ।

“देशको सबैभन्दा ठुलो रोजगारदाताको हैसियतले १७ हजार ४ सय भन्दा बढी अस्ट्रेलियानलाई फुल टाइम, पार्ट टाइम तथा सामान्य कामहरू जस्तै क्र्यु, मर्मत सम्भार, बिस्टा तथा व्यवस्थापनमा रोजगारी प्रदान गर्न पाउनु गर्वको कुरा हो,” ग्रेगोरीले बताए ।

अस्ट्रेलियामा म्याकडोनल्सका करिब एक हजार स्टोरहरु छन् जहाँ एक लाख भन्दा बढीले रोजगारी पाएका छन् ।

याे पनि पढ्नुहाेस् ।

रियल इस्टेट ब्यवसायमा उदाएका बिभूषण बिष्टको उत्प्रेरक अनुभव (भिडियाे सहित)

एनएसडब्लुमा बयस्क व्यक्तिले सय डलर पाउने; सर्भिस एनएसडब्लुमा निवेदन दिन सकिने