MENU

आधा शताब्दी पछिको नोभेम्बरमा सिड्नीमा सबै भन्दा बढि गर्मी

सिड्नी बासिले ५३ बर्ष पछि गएको शनिवर २८ नोभेम्बरमा सबैभन्दा गर्मी र तातो रातको अनुभव गरे ।

Sydney Heat wave 2020
Sydneysiders have endured the hottest November night since 1967, the mercury not dipping south of 25.3C. Photo: NSW today. (9News)

सिड्नी । सन् १९६७ पछिकै नोभेम्बर महिनाको रातमा अत्यधिक गर्मी बढेपछि अस्ट्रेलियाको सिड्नीबासीहरु नजिकैको समुन्द्री किनारमा भरीभराउ भएका छन् ।

शनिवार राति पनि सिड्नीको तापक्रम २५.३ भन्दा तल झरेन । हिट वेभको कारण न्यु साउथ वेल्सको समुन्द्र तटिय भागमा समेत तपक्रम उच्च रहेको छ । रज्यका केन्द्रभागमा रहेका ग्रामिण सहरहरुमा तापक्रम ४७ डिग्री सम्म पुगेको ब्युरो अफ मेटेरोलोजीले जनाएको छ ।

न्यु साउथ वेल्स राज्यमा तापक्रम बडेसँगै स्थानीयहरू चिसोको खोजीमा समुद्रतटहहरुमा निस्किएका छन् भने सडकमा यातायातको चाप पनि कम देखिन्छ ।  बोन्डाइ बिच तथा अन्य समुद्री किनारमा स्थानीयहरु ओइरिने क्रम जारी छ ।

केहीदिनसम्म तापक्रम उच्च रहने हुनाले न्यू साउथ वेल्सको स्वास्थ्य विभागले आम नागरिकलाई आफ्ना घरलाई विभिन्न उपकरणको माध्यमबाट चिसो राख्न  र पानी अधिक पिउन अनुरोध गरेको छ ।

न्यु साउथ वेल्समा शनिवारको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस थियो भने आइतबार आज ४५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

आज न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा चर्को गर्मी हुनुका साथै तातो हुरीका कारण आगलागी हुने सक्ने भन्दै सतर्क रहन भनिएको छ ।

एनएसडब्ल्यू आरएफएस कमिस्नर रोब रोजर्सले आगलागी जोखिमको भएको भन्दै जोखिम न्यूनीकरणका लागि सतर्क रहन आग्रह गरेका छन् ।

३८ स्थानमा आगलागीको जोखिम भएको र ३ वटा नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए । फायर फइटरहरुले रातभर काम गरेको र जोखिम नियन्त्रण प्रयास भइरहेको छ उनले भने ।

आगलागी जोखिम क्षेत्रहरू

फार नर्थ कोष्ठ, नर्थ कोष्ठ, ग्रेट हन्टर, ग्रेट सिड्नी क्षेत्र र उत्तर पश्चिमी क्षेत्र तथा ईलावर्रा, शोआलहाभेन, सेन्ट्रल रेन्जेज , न्यु इङल्याण्ड र उत्तरी क्षेत्रमा लागि पनि आगलागीको जोखिम छ ।

यो वर्ष यी क्षेत्रहरूमा बढी खडेरी परेकाले आगलागीको जोखिम भएको रोजर्सले बताए ।

याे पनि पढ्नुहाेस् । 

अस्ट्रेलियामा दुई महिनामा पाँचजना फुड डेलिभरी राईडरको निधन; सरकारले बनायो टाक्स फोर्स