जात सबको मान्छे हो,
जाति धर्म नै मानवता,
मटुहुरू एकै हुन्
चाहिन्छ सबलाई समानता..
यदि तिमी आफ्नो गल्ति स्वीकार्न सक्दैनौ या स्वीकार्ने प्रयास गर्दैनौ भने यो नै तिम्रो ठुलो गल्ति हो । यसले तिमीमा परिवर्तन ल्याउन दिदैन: चाणक्य
सुख र धनलाई मानिस तराजुमा जोख्छ । अनि धनलाई नै सुखको पर्याय दिन्छ । यदि धन सुखको पर्याय हो भने धनी दरबारहरू किन दु:खि हुन्छन्। तपाईंलाई पनि म गरिब छु भन्ने लाग्छ भने तपाईंको गरिबी अब एक मिनेटमै मेट्न सकिने छ, मात्र यी शब्दहरूलाई आत्मसाथ गर्नुहोस्। धन, वैभव तपाईं भित्रै निहित छ मात्र यसलाई मथ्नु छ केवल सचेत चिन्तनले ।
धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।
साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । बुद्ध समयको यो प्रसँङ्ग आज पनि उत्तिकै सान्दर्भिक छ जसले गरिबी केही मिनेट मै टाढा हुनेछ नफर्कने गरि ।
परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।
भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।
त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।
भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’
त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।
आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।
धेरै वर्ष अघि एउटा बयल गाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालकबाहेक चारजना अरु सवार थिए– तीन सामान्य मान्छे र रक्सीले पुरै मात्तिएको एक रक्स्याहा । अचानक गाडा चिप्लेर भीरबाट खस्यो । उक्त दुर्घट्नामा रक्स्याहा बाहेक सबै मारिए । उसलाई सामान्य चोट पटक मात्र लाग्यो । अरु सवारलाई पनि त्यतिमात्रै हुनु पर्ने थियो । तर, उनीहरुले ज्यानै गुमाए । प्रष्टै छ, दुर्घट्नाको कारणले हैन ‘डर’को कारणले उनीहरु मरे । के भएको थियो, त्यस्को पत्तो नै थिएन रक्स्याहालाई र त उनी डराएनन् । अनि मरेनन् । कथाको सन्देशले भन्छ, मान्छेलाई संसारले कम, डरले बढी मार्छ ।
के हो त डर ? अंग्रेजीमा यसलाई फियर भनिन्छ । जसलाई यसरी बुझ्दा हामीलाई फाइदै फाइदा हुन्छ ।
एफ–फल्स (झुट्टा)
ई–इभिडेन्स ( प्रमाण)
ए–एपियरिङ (जुन हामीलाई लाग्छ)
आर–रियल (सत्य)
फियर अर्थात् झुटा कुराहरु जुन हामीलाई सत्य लाग्छ । त्यसैको परिणाम हो, डर । यस कुराको बैज्ञानिक आधार पनि होला त ? छ । पश्चिमी अन्वेषकहरुले केही समय यता डर सम्बन्धी के तथ्यांक अघि सारेका छन् भने– हामीलाई जुन जुन कुराको डर हुन्छ– जस्तै, मलाई क्यान्सर जस्तो भयंकर रोग लाग्यो भने ! जाँचमा पास नभएर बर्वाद भयो भने ! खानसमेत पाएन भने ! यस्ता मस्तिस्कमा चौविसै घण्टा चल्ने अधिकांश डरको कुनै अस्तित्व नै हुँदैन ।
अर्थात् ८७ प्रतिशत हाम्रो डर कहिल्यै सावित हुँदैन । यस्को मतलब हो हामी प्रायः ती कुराको लागि चिन्तित हुने गर्छौं जुन जीवनमा प्रायः घट्दै घट्दैन । अर्थात् हाम्रा अधिकांश चिन्ताको वैज्ञानिक धरातल नै हुँदैन । हामी विज्ञानमा विश्वास राख्छौं । तर, हाम्रा चिन्ता अवैज्ञानिक छन् ।
रह्यो १३ प्रतिशत डरको कुरा । ती यस्ता कुरा हुन् जुन हामीले चाहे पनि रोक्न सक्दैनौ । जस्तै मर्ला की भन्ने डर, बुढो होलाकी भन्ने डर, असफल होला की भन्ने डर, त्यस्तै अरुले धोका देला कि भन्ने डर इत्यादि । १३ प्रतिशत यस्ता घट्ना छन् जुन हामीले चिन्ता गरेर पनि रोक्न सकिँदैन । होनहार दैव नटार भनेको यही हो ।
‘उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।’-देवकोटा
देवकोटाले व्यक्त गरे झैं सपना महान हुनै पर्छ । अतः आफूले सोच्ने ८७ प्रतिशत डर हुँदै हुँदैन भने १३ प्रतिशत नकारात्मक घटना रोकिँदैन । त्यसैले यसको चिन्ता गर्नुको पनि कुनै तुक छैन ।
स्मरण रहोस् उपरोक्त कथामा वयलगाडा खसेर मान्छे मरेका हैनन् । मरिएलाकी भन्ने चिन्ता गरेकाहरु सबै मरेका हुन् । जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।
अस्ट्रेलिया आउन नपाएका बिद्यार्थीका समस्या सुन्दै नेपाली दुतावास