MENU

सिड्नीमा २० हजार डलर ठगीएपछि…

Elderly residents Scammed almost $20,000 dollars in Sydney South West.

सिड्नी । अस्ट्रेलियाकाे सिड्नी  स्थित दक्षिण—पश्चिमी क्षेत्रमा स्क्यामर (ठग)ले एक महिलाबाट २० हजार डलर भन्दा बढी ठगी गरेपछि प्रहरीले आम समुदायलाई सचेत रहन अनुरोध गरेको छ ।

एक महिलाले आफूलाई अस्ट्रेलिया कर कार्यालयलाई प्रतिनिधि गर्ने भन्दै एक ४२-वर्षीया महिलालाई सोमबार विहान फोन गरेपछि लिभरपुल पुलिस एरिया कमाण्ड अन्तर्गतका प्रहरी अधिकारीहरुले उक्त घटनाको छानविन सुरु गरेको छ ।

अनुसन्धानकर्तालाई दिइएको जानकारी अनुसार टेलिफोनमा महिलाले कर कार्यालयलाई रकम तिर्नुपर्ने बक्यौता रहेको र यसका लागि प्रहरीले सम्पर्क गर्ने भन्दै धम्की दिइएको थियो ।

त्यसको केही समयपछि एक व्यक्तिले आफू प्रहरी अधिकारी रहेको भन्दै सो महिलालाई रकम झिकेर आफूलाई नगद दिन निर्देशन दिएका थिए ।

तर कलर नम्बर भने स्थानीय प्रहरी कार्यालयको रहेको देखाएको थियो । त्यसपछि उक्त महिलाले वेदरइल पार्क स्थित पोल्डीङ स्ट्रीटमा रहेको सपिङ सेन्टरमा उक्त पुरुषलाई भेटी २२ हजार डलर प्रदान गरेका थिए ।

छानविनकै लागि छानविनकर्ता (डिटेक्टीभ)ले एक व्यक्तिको बारेमा जानकारीका लागि सहयोग मागेको छ जो भारतीय÷सब कन्टिनेन्टल अनुहार भएको बताइन्छ ।

उक्त व्यक्तिको बारेमा जानकारी हुनेले क्राइम स्टपर्सको १८००३३३ ००० नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रहरीले सम्भावित फोन स्क्यामरहरुसँग सावधान रहन निम्न सुझावहरु दिएको छ:

  • जहिले पनि अनावश्यक फोन कलबाट सावधान रहनुहोस, वैद्य व्यवसायले ग्राहकलाई कलमात्र गरेर गोप्य जानकारी माग्दैन ।
  • कलरसँग धेरै कुरा नगर्नुहोस ।
  • व्यक्तिगत जानकारी लिनका लागि गरिने अनावश्यक तथा शंकास्पद फोनकलबाट सावधान रहनुहोस ।
  • व्यवसाय, संस्था तथा सरकारी निकायलाई प्रतिनिधित्व गर्दै फोन गर्ने व्यक्तिको बारेमा शंका लागे उक्त निकायलाई प्रत्यक्षरुपमा सम्पर्क गनुृहोस् । सम्पर्क व्यक्तिले दिएको परिचयमाथि नै पूर्ण विश्वस्त नहुनुहोस र फोनबुक तथा अनलाईनमा खोजी गरेर पत्ता लगाउनुहोस ।
  • विश्वसनिय श्रोतबाट फोन नआएसम्म कसैलाई पनि व्यक्तिगत जानकारी, क्रेडिट कार्ड अथवा अनलाईन खाताको विवरण प्रदान नगर्नुहोस् ।
  • जहिले पनि शान्त रहनुहोस् ।
  • सम्भावित स्क्याम बारे न्यू साउथ वेल्स प्रहरी वा स्क्याम वाचलाई सूचना दिनुहोस् ।
  • स्क्यामरलाई तपाईमाथि हावी हुन नदिनुहोस, स्क्यामरहरुले तपाईको बारेमा विस्तृत जानकारीहरु प्रस्तुत गर्छन र विश्वास दिलाउन खोज्दछन कि उनीहरु वास्तविक व्यक्ति हुन साथै तपाईमाथि तत्काल निर्णय लिन दवाव दिन्छन् ।
  • यदी तपाईलाई लाग्छ कि तपाईले कुनै स्क्यामरलाई आफ्नो खाताको जानकारी प्रदान गर्नुभएको छ भने तपाईको बैंक अथवा वित्तीय संस्थालाई तत्काल सम्पर्क गर्नुहोस् ।
  • यदी कसैसँग उक्त घटनाको जानकारी छ भने क्राइम स्टपर्सलाई १८०० ३३३ ००० अथवा https://nsw.crimestoppers.com.au मा सम्पर्क गर्न आग्रह गरिएको छ । जानकारीलाई गोप्य राखिनेछ ।

याे पनि पढ्नुहाेस् 

अस्ट्रेलियामा नेपालीमा प्रकासित विज्ञापनहरूमा न्यूनतम सरकारी ज्याला भन्दा निकै कम तलब