MENU

नेपाली सहायक नर्सको गुनासोः नौ पटक आग्रह गर्दा समेत अस्ट्रेलिया फर्कन पाईन

Nepalese Australian

तास्मानिया । विगत चार वर्षदेखि अस्ट्रेलियाको साउथ होवार्टको एक एज्ड केयर सेन्टरमा नर्सिङ सहायकको रुपमा काम गर्दै आएकी सपना नकर्मी अहिले नेपालबाट अस्ट्रेलिया फर्कन संघर्ष गरिरहेकी छन् ।

यस वर्षकै सुरुवातमा उनी आफ्नी विरामी आमाको हेरचाहका लागि नेपाल फर्किएकी थिइन् र उनी केवल तीन हप्ताका लागि मात्र नेपाल आएपनि अचानक भएको सिमा बन्दले अहिले नेपालमै अड्कीए छन् ।

नकर्मीले बताए अनुसार उनी पूर्णकालिन कामदार भएको तथा व्यवस्थापकबाट आवश्यक कागजात प्राप्त गरेपनि उनले नौ पटकसम्म यात्रा प्रतिवन्ध फुकुवाका लागि आग्रह गरिन तर सफल भइनन् ।

एज्ड केयर वर्कर स्कील्ड अकुपेशन लिस्टमा छैन्

अस्ट्रेलिया प्रवेशका लागि दुई थरीको सूची छ तर प्रायोरिटी माइग्रेसन स्कील्ड अकुपेशन लिस्टमा केवल दर्ता भएका नर्सहरुमात्र समावेश भएपनि एज्ड केयरमा काम गर्नेहरु छैनन ।

यता अस्ट्रेलियाको बाेर्डर फोर्सको वेवसाईटले भने एज्ड् केयर वर्करको हकमा केही नियम परिवर्तन गरिएको तथा एज्ड केयर वर्करको यात्रा माथिको प्रतिवन्ध जुलाईमै हटाइएको देखाएको छ ।

तर नकर्मीले अस्ट्रेलिया फर्कनका लागि दिएको निवेदनको अनुभवसँग विरोधाभासपूर्ण छ किन भने उनले पहिलो पटक अप्रिलमा यात्रा छुटका लागि निवेदन दिएकी थिइन् ।

अस्ट्रेलियामा उठ्याे एज्ड् केयर वर्करलाई पीआर दिनुपर्ने माग

यात्रा गर्नु किन आवश्यक छ भनेर रोजगारदाताबाट निवेदकले चिठी प्राप्त गर्नुपर्छ तथा नकर्मीको योग्यताले उनलाई अन्य बृद्धहरुलाई हेरचाह गर्न र नर्सहरुलाई सहयोग पुर्याउन योग्य बनाएको देखिन्छ ।

नकर्मीको व्यवस्थापकले जुलाईको अन्त्यमै कोभिड-१९ को महमारीका कारण कामको पालो परिवर्तन गर्न समस्या उत्पन्न भइरहेको भन्दै चिठी लेखेका थिए । तर अस्ट्रेलियाको वोर्डर फोर्सको वेवसाईटले नकर्मीको दक्षता आवश्यक योग्यताको सूचीमा नपर्ने बताएको छ ।

ग्रीन्सका सिनेटर निक म्याककिमकाे चासाे

तस्मानिया ग्रीन्सका सिनेटर निक म्याककिमले नकर्मीले गृहमन्त्रालयको संसदीय सम्पर्क विभागलाई पटक पटक आग्रह गर्दा पनि उनले यात्रा फुकुवा किन नपाएको भन्दै ध्यानाकर्षण गराएपछि उनको मुद्दा बाहिर आएको हो । सिनेटर म्याककिम लामो समयदेखि अस्ट्रेलियन सरकारको अध्यागमन नीतिको विरोध गर्दै आएका छन् ।

यता अस्ट्रेलियनको वोर्डर फोर्सले भने मार्च र अगस्टको बीचमा ५ हजार १ सय ४२ जनालाई यात्राका लागि छुट दिइएको जनाएको छ ।

भविष्यमा थप केयर वर्करकाे आवश्यकता पर्ने

एज्ड एण्ड कम्यूनीटी सर्भिसेज अस्ट्रेलिया जस्ता संस्थाले कोभिड-१९ महामारीको अवधिमा मात्र नभई एज्ड केयरलाई संघीय सरकारले अत्यावश्यक सीपको रुपमा लिनका लाग पैरवी गरिरहेको छ ।

“हामीलाई थाहा छ कि एज्ड केयरका दर्ता गरिएका नर्सहरु केही समयका लागि मात्र सो सूचीमा राखिएको छ तर हामीलाई लाग्छ कि हेरचाहकर्मीहरुलाई पनि अत्यावश्यक सीपको सूचीमा राखिनुपर्छ ।” एज्ड एण्ड कम्यूनीटी सर्भिसेज अस्ट्रेलियाका प्रमुख कार्यकारी प्याट्रिसिया स्पारोले बताए ।

स्रोत एवीसी न्यूज

याे पनि पढ्नुहाेस् ।

दुधे बच्चा छाडेर, नेपाली नर्सहरु भिड्दैछन भिक्टोरियामा