MENU

सिड्नीमा मेन्टल हेल्थ फस्ट एड तालिम सम्पन्न

Mental Health First Training for Nepalese Social Work Students in Sydney 2020, Source: Nepalese Australian Photo Rishi Acharya
Mental Health First Training for Nepalese Social Work Students in Sydney 2020, Source: Nepalese Australian Photo Rishi Acharya

सिड्नी । १६ जना नेपाली विद्यार्थीले सिड्नीमा मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड) तालिम लिएका छन् ।

अस्ट्रेलिया नेपाल पब्लिक लिंक (एएनपिएल)को आयोजनामा भएको यो दुइदिने तालिममा सिड्नीका बिभिन्न शैक्षिक संस्थाहरुमा सोसिएल वर्क बिषय अध्ययनरत बिद्यार्थीहरु सहभागि थिए ।

यो तालिमले सोसिएल वर्क बिषय अध्ययनरत बिद्यार्थीहरुलाई यहाँको मानसिक स्वास्थ्य र उपचार सेवा गहन रुपमा बुझ्न मद्दत गरेका सहभागि बिद्यिार्थीहरुको भनाई रहेको थियो ।

तालिममा सहभागि यमुना कार्कीले भनिन्, “तालिमले समुदायमा कसैलाई मानसिक समश्या भए त्यसको पहिचान गर्न र उपाचरको लागि बाट देखाउन मद्दत गर्नेछ ।”

अर्की बिद्यार्थी सृजना जोशीका अनुसार नेपाली समाजमा मानसिक समस्याका बारेमा पनि खुलेर कुरा गर्न यस्ता तालिमहरुको महत्व अझै धेरै रहेको छ ।

सन् २०१६ देखि अस्ट्रेलिया नेपाल पब्लिक लिंकले नेपाली समुदायको लागि मेन्टल हेल्थ फस्ट एड तालिम संचालन गरिरहेको छ ।

संस्थाका संस्थापक अध्यक्ष एवं मेन्टल हेल्थ फस्ट एड प्रशिक्षक भरत नेपालका अनुसार अहिले सम्म अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा गरेर करिब दुई सय जना भन्दाबढी नेपालीले यो तालिम लिइसकेका छन् ।

नेपालले भने, समुदायमा मानिसिक स्वास्थ्यको समस्या भएकाहरुको पहिचान र सेवामा पहुँचको लागि यो तालिम आवश्यक छ । नेपलका अनुसार सिड्नीमा यही नोभेम्बर २८ र २९ दुइदिने तालिम संचालन हुँदैछ ।

यदि तपाई या अरु कसैलाई तत्काल मनोवैज्ञानकि सहायता चाहिएको छ भने निम्न स्थानमा फोन गर्न सक्नुहुन्छ ।

Lifeline: 131114
Kids Helpline: 1800551800
Mensline Australia: 1300 7899 978
Sucide call Back serive: 1300 659 467
Beyound Blue: 1300 22 4636
Headspace: 1800650890

याे पनि पढ्नुहाेस् ।

मेलबर्नमा हराएका नेपालीको खोजीमा सहयोग गर्न प्रहरीको अपिल