MENU

अस्ट्रेलियामा ब्यजदरमा ऐतिहासिक कटौती; ०.१० प्रतिसत कायम

Reserve Bank of Australia cuts interest rates to record low of 0.1 per cent Image by (Bianca De MarchiAAP PHOTOS)
Reserve Bank of Australia cuts interest rates to record low of 0.1 percent Image by (Bianca De MarchiAAP PHOTOS)

सिड्नी । रिजर्भ बैक अफ अस्ट्रेलियाले ब्याजदरमा कटौती गर्दै ०.१० प्रतिसत कायम गरेको छ ।

सन् २०२० को जानवरी देखि अहिले सम्म तीन पटक ब्याजदरमा कटौती गर्दै यो ऐतिहाँसिक न्युन ब्याजदर कायम भएको हो । नोभेम्बर ३ मंगलबार मेलबर्न कपको अवसरमा रिजर्भ बैकले यो निर्णय गरेको हो ।

कोरोना भाइरसको कारण तीस बर्ष पछि गम्भिर आर्थीक मन्दीमा गएकाे देशको अर्थतन्त्रलाई उकास्न यो निर्णय गरिएको बताईएको छ ।

गभर्नर फिलिप लोवीले भने, “कोरोना भाईरसको प्यान्डेमिकबाट खुम्चिएको अर्थतन्त्र उकास्न प्याकेजको रुपमा रोजगारी सृजनको लागि सहयोग होस भने यो निर्णय भएको हो ।”

यसअघि अस्ट्रेलियाको कर्जा ब्याज दर ०.२५ प्रतिसत थियो । आज रिजर्भ बैक अफ अस्ट्रेलियाले ब्याजदर ०.१५ प्रतिसत कटौती गरेको हो ।

यो कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा स्टिमुलसको काम गर्ने अर्थबिद्हरुले बिश्वास गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

“मेलबर्न कप” मा ट्वाईलाइट पेमेन्ट घोडाले मार्यो बाजी