MENU

अस्ट्रेलियामा विद्यार्थीको असाइनमेन्ट गरिदिनेलाई जेल र जरिवाना हुने

Nepalese Australian
Graphic Images
Graphic Images

सिड्नी ।  अस्ट्रेलियामा भर्खरै पारित भएकाे नयाँ कानून अनुसार विश्वविद्यालयका विद्यार्थीहरुको नक्कली परिक्षार्थी भइ परिक्षा दिने तथा असाइनमेन्ट लेख्ने जस्ता कार्यमा संलग्न ठगहरुलाई ठूलो जरिवाना तथा जेल सजाय हुने भएको छ ।

सेम्टेम्बर ४ तारिखबाट लागू भएको कानूनले उच्च शिक्षाका लागि अन्य विद्यार्थीको स्थानमा परिक्षा दिने तथा असाइनमेन्ट गरिदिने भन्दै विज्ञापन गर्ने कार्यलाई गम्भिर अपराधको रुपमा लिएको छ । र सो कानूनको उल्लंघन गर्नेलाई दुई वर्षको जेल वा १ लाख डलरसम्म जरिवाना गरिने छ ।

शिक्षा मन्त्री डान टेहनले शैक्षिक ठगीको सेवाको उपलब्धताले अस्ट्रेलियाको शिक्षाप्रतिको विश्वसनियता र प्रतिष्ठामाथि चुनौती थपेको बताउदै उक्त कानूनले त्यस्ता ठगी कार्य प्रदान गर्ने तथा विज्ञापनकर्तालाई मात्र लक्षित गरेको जनाए । जबकी चोरी गरेको पाइएमा विद्यार्थीहरुले भने उनीहरुले अध्ययन गरिरहेको शैक्षिक संस्थाबाट अनुसासनको कारवाही भोग्ने बताइरएको छ ।

मन्त्री टेहनले संगठित रुपमा भइरहेको ठगीले विश्वविद्यालयको विश्वसनियतालाई चुनौती दिएको तथा मेहनत गर्ने इमानदार विद्यार्थीको अवमुल्यन गरेको जनाए ।

टेरसियरी एजुकेशन क्वालिटी एण्ड स्टान्डर्डस एजेन्सीले नयाँ कानूनको पालना भए नभएको अनुगमन गर्ने, आवश्यक सूचना संकलन गर्ने तथा विदेशमा रहेको ठगी गर्ने वेवसाईट ब्लक गर्ने र कानूनी प्रक्रिया चाल्ने तथा त्यस्ता कार्य रोक्न आवश्यक रणनीति बनाउने छ ।

क्वीन्सल्याण्डका कृषि फामहरुमा कामदार अभाव ; हप्ताको ३८ सय डलर अफर

अस्ट्रेलियाले निकाल्यो बिश्वको पहिलो ‘दान सिक्का’

अस्ट्रेलियामा ७० हजार डलरको जागिर त्यागेसँगै सुवासको चम्किएको भाग्य

Under New Law Exam Dodgers Likely to Face Heavy Fine and Imprisonment